३० आश्विन २०८३, शुक्रबार

इन्डोनेसियामा ६।६ म्याग्निच्युडको भूकम्प

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया, ८ कात्तिक । इन्डोनेसियामा मङ्गलबार ६।६ म्याग्निच्युडको भूकम्प गएको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताउनुभयो ।

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उहाँले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोनमार्फत बताउनुभयोे । – सिन्ह्वा