२१ कार्तिक २०८३, शनिबार

नुवाकोटमा रमेश महतविरुद्धको उजुरी खारेज

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ७ कात्तिक । नुवाकोट निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा २ वाट कांग्रेस उमेदवार रमेश महतविरुद्धको दावी विरोध खारेज गरिदिएको छ ।

महत कृषि विकास वैंकको संचालक समितिमा रही सरकारी सुविधा लिदै आएको भन्दै परेको दावी विरोधमा कुनै प्रमाण नभेटिएपछि दावी विरोध खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टंकबहादुर नेगीले महतविरुद्ध सोही प्रदेशमा एमालेतर्फका उमेदवार वद्री मैनालीको प्रतिनिधीको रुपमा ज्ञानबहादुर तमाङले उमेदवारी खारेजीको माग गर्दै दावी विरोध दिएका थिए ।

आयोगले उजुरीपछि दुवै पक्षलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिए अनुसार कांग्रेस उमेदवार महतले आफूले पहिल्यै राजीनामा दिइसकेको र त्यसको प्रमाणका रुपमा वैंकको सक्कलै जानकारी पत्र तथा निर्णय प्रमाणको रुपमा पेश गरेका थिए ।

कांग्रेस उमेदवार महतले भ्रमको राजनीति गर्न छाडेर प्रतिस्पर्धामा आउन वाम गठवन्धनलाई आग्रह गरेका छन् ।