काठमाडौं, ७ असोज । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टीको प्रवक्ता बनाउने भएका छन् ।
थापाका सहयोगी सविनबाबु मुडभरीका अनुसार देउवाले पार्टीको प्रवक्ता बन्न गगनलाई औपचारिक प्रस्ताव गरेका हुन् ।
पार्टीको सभापति बनेको डेढ वर्ष वित्न लाग्दा देउवाले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी युवा नेता थापालाई दिन बालुवाटार स्रोतले बतायो ।
यसअघि पनि गगनलाई पार्टी प्रवक्ता बनाउन देउवा सकारात्मक रहेको कुरा बाहिर आएको थियो ।











प्रतिक्रिया