२१ कार्तिक २०८३, शनिबार

पुरस्कारको रकम बालबालिकालाई सहयोग

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ७ कात्तिक । बाल कल्याण समिति बाजुराका पूर्व सदस्य एवं मानव अधिकार कर्मी लालबहादुर ओलीले पुरस्कार वापत प्राप्त रकम बाल संरक्षण कोषलाई सहयोग गरेका छन् । प्राप्त १५ हजार मध्ये १० हजार रुपैया जिल्ला बाल संरक्षण कोष र ५ हजार बाल उद्दार टोल फ्रि टेलिफोन सञ्चालनका लागि सहयोग गरेका हुन् ।

ओली अन्तराष्ट्रिय बाल अधिकार दिवस २०१७ को अवसरमा केन्द्रीय बाल कल्याण समितिबाट पुरस्कृत भएका हुन् । बाल अधिकार संरक्षण र संवद्र्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समितिले पुरस्कृत गरेको हो ।

बाल अधिकारको पक्षमा संघर्ष गरेको फल पुरस्कार र सम्मान पाईसकेकोले सो वापतको आर्थिक रकम समस्या भोग्न बाध्य बालबालिकालाई राहत स्वरुप सहयोग गरेको ओलीले बताए ।

उक्त रकम जिल्ला बाल कल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलाई हस्तान्त्रण गरेका हुन् । क्षेत्रीले सोही रकम जिल्ला बाल कल्याण अधिकारी तथा महिला विकास अधिकृत कमला शाहीलाई कोषमा राख्ने गरी बुझाएको बताए ।

बाल संरक्षणका लागि उदार दिल र पवित्र भावनाका साथ गरिएको सहयोगको बाल कल्याण अधिकृत शाहीले ओलीलाई बधाई दिईन । ओलीले पुरस्कार वापत प्राप्त नगद १५ हजार मध्ये ५ हजार बालबालिकाको उद्दार र सहयोगका लागि पीसविनमा स्थापना गरिएको हेल्प लाईन १०९८ सञ्चालनका लागि सहयोग गर्ने बताए ।

सूचना लिन सहज होस् भन्ने उद्देश्यले बाल हेल्प लाईन ओलीकै पहलमा सञ्चालन गरिएको छ । ओली विगत २५ वर्ष देखि बाल अधिकार र महिला अधिकारको क्षेत्रमा वकालत र पैरवी गर्दै आएका छन् ।