११ मंसिर २०८३, शुक्रबार

यी हुन् नयाँ गृह र परराष्ट्र मन्त्री !

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय मनाएर ती सबै मन्त्रालय आफूसँग राखेका देउवाले गृहमन्त्रालयको जिम्मेवारी बस्नेतलाई दिने तयारी गरेका हुन् ।

‘सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतलाई गृह र सञ्चार मन्त्रालय हेर्ने गरेर जिम्मेवारी दिने तयारी भएको छ’, उच्च स्रोतले भन्यो, ‘कुरा चले पनि प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले अहिलेसम्म सो विषयको जानकारी दिनुभएको छैन ।’

स्रोतका अनुसार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी गरेका छन् ।

यसअघि माओवादी केन्द्रका मन्त्री कृष्णबहादुर महराले परराष्ट्र र जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अहिले उनीहरू विनाविभागीय मन्त्रीका रुपमा छन्
।