काठमाडौं, ७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वाम र लोकतान्त्रिक गठबन्धनलाई शक्ति देखाउने भएको छ ।
शतवार्षिकीको उपलक्ष्य पारेर ‘नेकपा’ले बुधबार काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । काठमाडौंको खुलामञ्चमा मध्यान्हपछि हुने कार्यक्रमलाई महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको ‘नेकपा’का नेता अनिल विरही शर्माले जानकारी दिए ।
‘अक्टोबर क्रान्तिको शतवार्षिकी परेकाले सो अवसरमा विशेष कार्यक्रम राखिएको छ’, उनले भने, ‘कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।’
‘नेकपा’ खुला मञ्चको कार्यक्रमका लागि हज्जारौँ कार्यकर्ता सडकमा उतार्ने दाबी गरेको छ ।











प्रतिक्रिया