सोलुखुम्बु, ७ कात्तिक । दूधकोशिका गाउँपालिका– ७ देउसा निवासी बिममाया तामाङ सात दिनदेखि बेपत्ता हुनुभएको छ ।
अठ्तीस वर्षीया बिममाया गत असोज ३० गते साँझ आफ्नै घरबाट बेपत्ता हुनुभएको हो । साँझ पौने ६ बजेतिर घरबाट बाहिर निस्कनुभएका उहाँ कहाँ गएको भन्ने पत्ता लाग्न नसकिएको उहाँका देवर आशमानले बताउनुभयो । उहाँको मानसिक सन्तुलन ठीक नभएको बताइन्छ ।
दुई छोरा र एक छोरीका आमा बिममायाको खोजी भइरहेको परिवारले जनाएको छ । करिब ५ फिट उचाइ भएका बिममायालाई भेटेर खबर गर्ने व्यक्तिलाई सम्मानस्वरुप रु पाँच हजार प्रदान गरिने देवर आशमानले बताउनुभयोे । रासस












प्रतिक्रिया