११ मंसिर २०८३, शुक्रबार

उम्मेदवारविरुद्धको उजुरीमा आयोगले आज निर्णय गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दर्ता उम्मेदवारविरुद्ध परेका उजुरीमा निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

आयोगले उजुरीपछि कुनै उम्मेदवारको मनोनयन रद्द भएको सो को जानकारीसहित नामावली आज नै प्रकाशन गर्नेछ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार नाम फिर्ता लिने उम्मेदवारलाई समय दिइनेछ ।

नामावली फिर्ता लिन नचाहेको अवस्थामा निर्वाचन आयोगले बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ ।