२१ कार्तिक २०८३, शनिबार

मृगौला पीडितद्वारा सहयोगको याचना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, ६ कात्तिक । दुवै मृगौलाले काम नगर्ने भएपछि चितवनका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन् । भरतपुर महानगरपालिकावडा नं. ११ भोजाड (सिद्वार्थचोक) निवासी ५६ वर्षिय मन बहादुर गुरुङ्गको दुवै मृगौलाले कामनगर्ने भएको ३ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् ।

३ वर्षदेखि मृगौलाको डाइलोसिसगर्दै आएको छु, मन बहादुरले भने । मृगौलाप्रत्यारोपणगर्न आर्थिक अवस्था छैन, उनले भने । सुगर र प्रेसरका समेत रोगी रहेका मन बहादुरले सुगरको औषधीखाँदै गर्दा मृगौलाको समस्या समेत देखिएकोले साह्रै पीडा भएको बताए । उपचारको लागिचितवनको भरतपुर स्थित नारायणी सामुदायिकअस्पतालमा उपचार गरेको र त्यहाँबाट काठमाडौको नर्भिक अस्पतालमा पनिलामो समय उपचार गरेको उनले बताए । राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौमा उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपणगर्न नसकेको उनले बताए ।

सरकारले मृगौलाको डाइलोसिस निःशुल्क गर्ने व्यवस्था मिलाएपनि एकपटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागिखर्च हुने गरेको उनले बताए । मासिकउपचार खर्च रु. ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा ३ पटकडाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको मन बहादुरले बताए । मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने ।

६ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिकगुजारा चलाउन मुस्किल छ । श्रीमती, २ छोरा, १बुहारी र नातीका साथ रहेको गुरुङ्ग परिवारमा मन बहादुर बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् । श्रीमानको उपचार गर्नको लागिभएको ७ धुर जग्गापनि विक्री गर्नुपरेको उनकी श्रीमती गंगामायाले बताईन् । ऐलानी जमिनमा सानो घरमा बस्दै आएका गुरुङ्ग परिवार मन बहादुरको उपचारको लागि ३० लाख रुपैया भन्दाबढीखर्च गरिसकेको गंगामायाले बताईन् । जग्गा बेचेको पैसाले नपुगेर १५ लाख रुपैया भन्दाबढी त ऋण नै लागिसकेको छ, उनले भनिन् । मृगौला प्रत्यारोपणगर्न आर्थिक अवस्थापनि छैन, श्रीमानको लागिआफुले एउटा मृगौलाप्रत्यारोपणगर्न चाहेको उनले बताईन् । प्रत्यारोपणगर्न पनि २५/३० लाख रुपैया लाग्ने भएकोले कसरी श्रीमानको उपचार गर्ने भन्नेमा पीडामा रहेको गंगामायाले बताईन् ।

मन बहादुरको उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरिएको छ । भिनाजुको उपचारको लागि सबैले सहयोग गरिदिनुहुनउनको सालो लिलाबहादुर गुरुङ्गले सबैसँग अनुरोध समेत गरेका छन् । बुबा बिरामीभएपछिबैदेशिक रोजगारीकालागिगएका जेठाछोरा मनोज पनि केहीमहिनामै दुबइबाटफर्किन बाध्यभए । ऐलानीजग्गामा सानो घर बनाई बसेका थियौं, बुबा बिरामीभएपछिझनै धेरै समस्यामाप¥यौं, जेठाछोरा मनोजले भने । भएको जग्गापनिबेच्यौं त्यतिले नपुगेर १५ लाखभन्दाबढीऋण नै छ, उनले भने । अहिले हाम्रो परिवार ऐलानीजग्गामाबस्नबाध्यछौं, उनले भने । बुबाभृकुटीकागज कारखाना गैडाकोटमाजागिरे हुनुहुन्थ्यो । सो कारखानाबन्दभएको पनि ८–१० वर्ष भैसक्यो । बुबाले पाउनुपर्नेकरिव ५ लाख रुपैया अझै पाउन सकेका छैनौं । रकमपाएमाउपचार गर्न सहयोग हुने थियो, उनले भने ।

बुबाको मृगौलाप्रत्यारोपणगर्न आर्थिक अवस्थानभएको हुनाले बुबाको जीवनरक्षाको लागि स्वदेश तथाविदेशमाहुनुहुने सहयागीदाताहरुबाट सहयोगको उनले याचना समेत गरेका छन् । बुबाको उपचारको लागि सहयोग गर्न चाहनुहुनेले मन बहादुर गुरुङ्गको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नारायणगढशाखाको खाता नं. ०१३८६८८४४० विदेशमा रहनु हुनेका लागिमा रकम सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । साथै फोन नं. ९८१२२९९४९१ अथवा ९८४५०२६०९४ मा सम्पर्क गरी सहयोग गरिदिनुहुनछोरा मनोज गुरुङ्गले अनुरोध गरेका छन् ।