२१ कार्तिक २०८३, शनिबार

एमालेको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बन्ने निश्चितः नेता पौडेल

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ६ कात्तिक । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्वमा दुई तिहाइ बहुमतसहितको सरकार बन्ने निश्चित भएको दाबी गर्नु भएको छ ।

नेकपा एमाले जितपुर सिमरा उपमहानगपालिका १३ नम्बर वडा कमिटीले डुमरबानामा छठ पर्वको उपलक्षमा आयोजना गरेको शुभकमना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आइतबारको उम्मेदबारी मनोनयनमा एमाले र माओबादी केन्द्रसहितको बाम गठबन्घनको पक्षमा देखिएको जनलहरले बाम गठबन्धनले दुई तिहाइ स्थानमा बिजय हासिल गर्ने दाबी गर्नु भयो ।

उहांले जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको ठोकुवा गर्नुभयो । वडा कमिटी अध्यक्ष जादोलाल सहनीको सभापतित्वमा सम्मपन्न कार्यक्रममा निर्वाचन कमिटी संयोजक राधेश्याम सिबाकोटी, नव निर्वाचित वडा अध्यक्ष राजेन्द्र सिंह चौधरी लगायतले बोल्नु भएको थियो ।

सो अवसरमा पार्टीका अगुवा नेता कार्यकर्ता र सेल्टरदाताहरुलाई प्रमुख अतिथि पौडेलले सम्मान गर्नु भएको थियो ।