५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकको ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखर संचालनमा ल्याएको छ ।

यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवातगर्नु भएको छ । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६३ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहक वर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको छ । उक्त शाखाका इन्चार्ज दिनेश कुमारढुंगानाले यस क्षेत्रमा कृषिकर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बारेमा प्रकाश पार्नु भयो ।

मुलुक संघीय प्रणालीमा गएसंगै अबदुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले हुम्लाको सर्केगाड, झापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराउनु भएको छ ।