१ कार्तिक २०८३, आइतबार

अमेरिका नेपाल सोसाइटीले लियो जिम्मेवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । उत्तर अमेरिका कै नेपाली समुदायको जेठो मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

अक्टोबर २२ तारिख डिसी क्षेत्रको भर्जिनिया को फल्स चर्चस्थित एक पुस्तकालयमा औपचारिक सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम विधिवत रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी, निर्वाचन आयुक्त माधवी बस्नेत कार्की तथा निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ तथा समुदायको उपस्थित बीच सबै उम्मेदवारहरुले सपथ ग्रहण लिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा पुडासैनी ले चुनाव अत्यन्तै राम्रोसंग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका थिए ।

निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजा, प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदीप पोख्रेल, कोषाध्यक्ष शुभ शाक्य संचार संयोजकमा निलु उप्रेतीले पदको सपथ ग्रहण लिएका थिए भने सचिब अन्जना बुढाथोकी सापकोटा उपस्थित थिइनन् ।