अमेरिका । नेपाली वुमेन अफ दि ईयर अमेरिका २०१७ मा महिला अधिकारकर्मी सच्ची मैनाली बिजयी घोषित भएकी छिन् ।
अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी र हाल डीसी क्षेत्रबाट संचालित ईनेप्लिजकी सहयोगी हात रहेकी मैनालीलाई गत अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भर्जिनिया को फल्सचर्च मा उक्त घोषणा गरिएको हो ।
उनलाई वुमेन इन कन्सर्ट युएस टुर २०१७ को बिजयी घोषणा कलाकार आस्था राउत तथा अभाया सुब्बाको सांगीतिक प्रस्तुति कार्यक्रम हुनु अगाडि घोषणा गरिएको थियो ।
उनले बिजयी घोषित भए पछि मेरो कसै संग प्रतिस्प्रद्धा छैन भन्दै आफ्नो आमाले सानोमा तिमि कहिले प्रतिस्प्रद्धि नबन्नु है भनेको स्मरण गराइन ।
छोटो मन्तब्य राख्दै आफ्नो स्व पिता कलाकार गोपालराज मैनालीलाई सम्झदै आफूमाथि थप जिम्मेबार बढेको बताइन ।
















प्रतिक्रिया