काठमाडौं, ६ कात्तिक । एमालेका सचिव प्रदीप ज्ञवालीले वाम गठबन्धन र एमालेको पार्टी नीति तथा विधान विपरित गई बागी उम्मेदवारी दिने नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव ज्ञवालीले बागी उम्मेदवारहरूलाई पार्टीबाटै निष्काशित गर्ने बताउ ।
‘पार्टीको नीति र सिद्धान्त विपरित बागी उम्मेदवार बन्ने नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिनेछ’, उनले भने, ‘पार्टीको आग्रह नमान्ने उम्मेदवार, समर्थक र प्रस्तावकलाई अनुशासनको कारबाहीभन्दा अर्को बिलप रहँदैन ।’
सचिव ज्ञवालीले वाम गठबन्धन बनाएका कारण कतिपय इमान्दार साथीहरू टिकट नपाएको भन्दै पार्टी नेतृत्वको बाध्यतालाई पनि बुझ्नु पर्ने बताए ।
‘एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुरा चलिरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा सबै साथीहरूले संयमता अपनाएर कमद उठाउनु पर्छ ।’











प्रतिक्रिया