बाजुरा, ५ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि जिल्लामा ६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, (वाम गठबन्धन) नयाँ शक्ति, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र स्वतन्त्र सहीत मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र बाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । पण्डितको नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे प्रस्तावक रहेका छन् । भने पार्टी सचिव रनसिंह अयडी समर्थक रहेका छन् ।
यस्तै बाम गठबन्धनबाट मनोनयन दर्ता गराएका लालबहादुर थापाको प्रस्तावकमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश नम्बर ७ का सहसंयोजक पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा रहेका छन् भने समर्थकमा पार्टी उपसचिव गगन रावल रहेका छन् ।
यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसको तर्फबाट भूमि सुधार सहायक पूर्व मन्त्री जनकराज गिरीले मनोनयन दर्ता गराएका छन् । गिरीको प्रस्तावक जग्गी भण्डारी र समर्थकमा स्त्री देवकोटा रहेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र २ मा पदम बहादुर शाहीले मनोनयन दर्ता गराएका छन् । काँग्रेस महासमिति सदस्य शाहीको प्रस्तावमा नेविसंघ जिल्ला अध्यक्ष सुरेन्द्र सिंह र समर्थकमा काँग्रेस जिल्ला कार्य समिति सदस्य शेरबहादुर खाती रहेका छन् ।
यस्तै सयुक्त बाम गठबन्धनका तर्फबा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले पार्टी सचिव बल्देव रेग्मीले मनोनयन गर्दा गराएका छन् । रेग्मीको प्रस्तावक नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज सहदेब बोगटी रहेका छन् । भने समर्थकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं निवर्तमान सांसद पेम्बा गुरुग भोटे रहेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र २ बाट नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले मनोनयन दर्ता गराएका छन् । शाहको प्रस्तावक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भरत बुढा छन् भने समर्थकमा नेकपा एमाले जिल्ला कमिटीस सचिवालय सदस्य अमर खड्का रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र २ बाट नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले मनोनयन दर्ता गराएका छन् । शाहको प्रस्तावक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भरत बुढा छन् भने समर्थकमा नेकपा एमाले जिल्ला कमिटीस सचिवालय सदस्य अमर खड्का रहेका छन् ।
यस्तै स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि टिकाराज गिरीले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक युवराज गिरी र समर्थक अंग गिरी रहेका छन् । नयाँ शक्तिल् प्रतिनिधि सभाका लागि पार्टी जिल्ला संयोजक दिलीप शाहीले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक पार्टी उपसंयोजक टेकबहादुर बडुवाल र समर्थकमा जयप्रसाद जैशी रहेका छन् । यस्तै स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि टिकाराज गिरीले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक युवराज गिरी र समर्थक अंग गिरी रहेका छन् । नयाँ शक्तिल् प्रतिनिधि सभाका लागि पार्टी जिल्ला संयोजक दिलीप शाहीले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावक पार्टी उपसंयोजक टेकबहादुर बडुवाल र समर्थकमा जयप्रसाद जैशी रहेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र १ मा नरेन्द्र विक र २ मा सुर्जे चदाराले मनोनयन दर्ता गराएका छन् । राप्रपा प्रजातान्त्रिकले प्रदेश सभाका लागि मात्र मनोनयन दर्ता गराएको छ । प्रदेश निर्वाचन क्षेत्र १ मा कान्तबहादुर शाही लोकेन्द्र शाही प्रस्तावक र लालबहादुर शाही समर्थक रहने गरी मनोनयन दर्ता गराउनु भएको छ । भने प्रदेश निर्वाचन क्षेत्र २ मा वीरबहादुर हमाल विक्रम गुयाल प्रस्तावक र मोतिसिंह रावल समर्थक सहीत मनोनयन दर्ता गराउनु भएको छ । प्रदेश निर्वाचन क्षेत्र १ मा नरेन्द्र विक र २ मा सुर्जे चदाराले मनोनयन दर्ता गराएका छन् । राप्रपा प्रजातान्त्रिकले प्रदेश सभाका लागि मात्र मनोनयन दर्ता गराएको छ । प्रदेश निर्वाचन क्षेत्र १ मा कान्तबहादुर शाही लोकेन्द्र शाही प्रस्तावक र लालबहादुर शाही समर्थक रहने गरी मनोनयन दर्ता गराउनु भएको छ । भने प्रदेश निर्वाचन क्षेत्र २ मा वीरबहादुर हमाल विक्रम गुयाल प्रस्तावक र मोतिसिंह रावल समर्थक सहीत मनोनयन दर्ता गराउनु भएको छ ।
यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले प्रदेश निर्वाचन क्षेत्र २ का लागि मात्र प्रकाश विकले मनोनयन दर्ता गराएको छ । मात्र मनोनयन दर्ता गराएको छ । विकको प्रस्तावक नरबहादुर चदारा र समर्थकमा निर्मला विक रेका छन् । यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले प्रदेश निर्वाचन क्षेत्र २ का लागि मात्र प्रकाश विकले मनोनयन दर्ता गराएको छ । मात्र मनोनयन दर्ता गराएको छ । विकको प्रस्तावक नरबहादुर चदारा र समर्थकमा निर्मला विक रेका छन् ।
मनोनयन कार्य विहान ११ बजेबाट सुरु भएको थियो । १० बजेबाट सुरु गर्ने भनिएपनि दर्ता प्रक्रिया एक घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ
मनोनयन दर्ता गराउनु पूर्व दलहरुले बाजागाजा सहीतको नारा जुलुसका साथ मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निकै उत्साहका साथ आएका कार्यकर्ताले पार्टीका चर्का नारा जुलुस लगाएका थिए । दुबै प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभामा बाम गठबन्धनका तर्फबाट एमाले बाटै उम्मेदवार बनेपनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको पनि भव्य उपस्थिति रहेको थियो ।
मनोनयन दर्ता पछि काँग्रेसले औपचारिक कार्यक्रम नगरेपनि एमालेले देउदा सहीत भव्य कार्यक्रमको आयोजना गरेको हो । सभामा एमाले प्रदेश नम्बर ७ का संयोजक कर्णबहादुर थापा, माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटी सहित उम्मेदवारले संवोधन गरेका थिए । मनोनयन दर्ता पछि काँग्रेसले औपचारिक कार्यक्रम नगरेपनि एमालेले देउदा सहीत भव्य कार्यक्रमको आयोजना गरेको हो । सभामा एमाले प्रदेश नम्बर ७ का संयोजक कर्णबहादुर थापा, माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटी सहित उम्मेदवारले संवोधन गरेका थिए ।












प्रतिक्रिया