२ कार्तिक २०८३, सोमबार

वर्षमान पुन भन्छन्- कांग्रेसले १० सीट भन्दा बढी जित्दैन्

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आसन्न निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसले नराम्रो पराजय भोग्ने चेतावनी दिएका छन् ।

गृहजिल्ला रोल्पामा प्रतिनिधिसभाका लागि आइतबार उम्मेदवारी दर्ता गरेपछि सक्षित्प प्रतिक्रिया दिँदै उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले बहुमत ल्याउने निश्चित भएकाले कांग्रेसको खराब समय सुरु भएको टिप्पणी गरे । ‘वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने देखिएको छ । अब नेपाली कांग्रेसले १० सीट भन्दा बढी जित्दैन्,’ उनले भने ।

नेता पुनले चुनावपछि देशमा नयाँ युग सुरु हुने र यसले आर्थिक समृद्धी र आर्थिक क्रान्ति सम्पन्न गर्दै देशलाई समाजवादमा लैजाने बताए । समाजवादले अहिले हुने धनी र गरिबबीचको विभेद अन्त्य हुने उनको भनाई थियो ।

रोल्पामा वर्षमानसँग भिड्न नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि सिंचाई राज्य मन्त्री अमरसिंह पुनमगर उम्मेदवारी दिएका छन् ।