मनाङ, ५ कात्तिक । ‘गुण्डा नाइके’का रुपमा परिचित डन दीपक मनाङ्गेले नेकपा एमालेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मनाङबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएपनि केन्द्रले टिकट अर्कैलाई दिएपछि मनाङ्गेले आज निर्वाचन कार्यलय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लामा सर्वसम्मत सिफारिस गर्दा चर्को आलोचना भएपछि एमालेले मनाङ्गेलाई टिकट दिन मानेन् । यद्यपी मनाङ्गेको मनाङमा जित सुनिश्चित थियो ।
रोचक कुरा के छ भने एमालेविरुद्ध बागी उठेको मनाङ्गे दलबल र नेकपा एमालेले सूर्य चिह्न अंकित झण्डा लिएर जिल्ला निर्वाचन कार्यलय पुगेका थिए । उनी निर्वाचन कार्यालय पुग्दा धेरैले उनैलाई एमालेको आधिकारिक उम्मेदवारको रुपमा चिनेका थिए । मनाङमा मनाङ्गेको बलियो प्रभाव रहेको बताइन्छ ।















प्रतिक्रिया