
काठमाडौं, ५ कात्तिक । युवती जिस्काएको आरोपमा काठमाडौंको मैह्पीमा आइतबार बिहान गोली चलेको रहस्य खुलेको छ ।
गोली प्रहारको घटनामा पाँच जना युवा पक्राउ परेपछि सो रहस्य खुलेको हो । प्रहरीले गोली प्रहारको घटनामा संलग्न युवाहरूलाई तत्काल पक्राउ गरेको जनाएको छ ।
गोली लागेर गोरखा लाप्रक स्थायी घर भएका २३ वर्षीय कल्याण गुरुङ घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि गोली लागेको छ ।
गुरुङ बिहान साढे ३ बजे स्कुटरमा गइरहेका बेला कारमा आएको समूहले बाटो छेकेर गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
ठमेलको एक क्लवमा कल्याण गुरुङले युवतीलाई जिस्काएपछि विवाद भएको थियो । त्यसपछि कल्याण गुरुङ स्कुटर लिएर ठमेलबाट निस्किएका थिए ।
ती युवतीका केटा साथीहरूले कारबाट स्कुटरलाई पिछा गरेर म्हैपी पुगेपछि स्कुटर छेकेर गोली हानेको काठमाडौं प्रहरीका प्रमुख रविन्द्र धानुकले बताए ।
घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।











प्रतिक्रिया