११ मंसिर २०८३, शुक्रबार

निर्वाचन तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण नेपालीहरूको सहभागिता हुनुपर्ने बताएका छन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकमा निर्वाचन हुन गैरहेको बताउँदै निर्वाचनमा सम्पूर्ण जनताहरूको उल्लेखनीय सहभागिताहोस् भन्दै चुनावशान्ति, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाए ।

उनले चुनाव तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाए । देउवाले भने, ‘चुनाव एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ, त्यो पनि तोकिएकै मितिमा हुन्छ, स्वतन्त्र रुपमा सम्पन्न हून्छ, सरकार पूर्ण प्रतिबद्ध छ ।’