११ मंसिर २०८३, शुक्रबार

म त नबोल्ने पक्षमा हुँ : पूर्व प्रधानमन्त्री चन्द

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगको मातहत सम्पूर्ण प्रशासन रहनुपर्ने धारणा राखेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको देउसी टोलीसँग कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । उनले थपे, ‘निर्वाचन हुनुपर्छ भन्ने अभियानमा साथ र सहयोग छ, मेरो पूर्ण सहमति छ ।’

उनले आफू अहिले बोल्ने मुडमा नभएको उल्लेख गर्दै भने, ‘म त नबोल्ने पक्षमा हुँ, तर एउटा कुरा के हो भने निर्वाचन भएर मात्रै भएन, स्वतन्त्र हुनु प-यो, धाँधली हुनु भएन, अहिले हेर्नुहोस् त व्यवस्थापनप्रति कत्रो आलोचना छ ।’

उनले निर्वाचन आयोगका मातहातमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहीकन भएका विगतका निर्वाचनहरुपनि निष्पक्ष नभएको बताए ।