काठमाडौं, ४ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसलाई यस पटक ग्रहदशा लागेको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नराम्रोसँग पराजय भोग्ने बताए ।
‘कांग्रेसलाई ग्रहदशा लागेको छ । शनिग्रह लागेको छ । उल्टो कुरा गर्छ’, उनले भने, ‘निर्वाचनको परिणामपछि कांग्रेस पछुताउनेभन्दा केही छैन ।’
नेपाली कांग्रेसले वीपी कोइरालाको नीति तथा कार्यक्रमलाई छाडेका कारण यस्तो हालतमा पुगेको यादवको भनाइ छ । ‘कांग्रेसले समाजवादलाई भुलेको छ । कांग्रेसलाई होस आएको छैन । बेहोस भएको छ’, उनले भने ।
लोकतान्त्रिक गठबन्धन फेल भइसकेको उनले बताए । ‘लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेस असफल भइसक्यो’, यादवले भने, ‘पहिलो चरणको चुनावमा तालमेल गर्ने कुरा हरायो । दोस्रो चरणमा मिल्ने कुरा भएको छ ।’















प्रतिक्रिया