११ मंसिर २०८३, शुक्रबार

तस्करी गरिदै गरेको २० वटा गोरुसहित मकवानपुरमा ट्रक पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

हेटौँडा, ४ कात्तिक । तस्करी गरेर झापातर्फ लैजाँदै गरिएको २० वटा गोरुसहित तस्करलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ स्थित रातोमाटे चेक पोष्टमा ना. ४ ख. १०११ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा २० वटा गोरु फेला परेको हो ।

ट्रकमा फेला परेका २० वटा गोरु र उक्त ट्रकमा रहेका गोरुहरूको लागि चाहिने आवश्यक कागजात नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोरुसहित पक्राउ परेको ट्रकलाई मकवानपुर प्रहरीले आवश्यक कारवाहीको लागि पशु क्वारेन्ट टाईन चेक पोष्ट पथलैया बारामा पठाएको छ ।