११ मंसिर २०८३, शुक्रबार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई अब छुट हुँदैन्ः अयोधी यादव

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।

यादवले शंका गर्नुभन्दा पनि निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको भन्दै यतातर्फ सोच्न आग्रह गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ललितपुरस्थित आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘निर्वाचनप्रति अब कुनैपनि किसिमको शंका राख्नुहुँदैन, बरु शंका त स्वतन्त्र, स्वच्छ र स्वतन्त्र निर्वाचन कसरी गर्ने भन्ने बारे गर्नुपर्यो, तपाईहरुले पनि अब दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिनुहोस्, घरदैलोको रुपमा अघि बढ्नुहोस् ।’

यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न निर्वाचन आयोग दृढ संकल्प र आत्मविश्वस्त रहेको जनाए ।

उनले पावरमा भएका व्यक्तिहरुबाट चुनावमा यसको मिसयुज नहोस् भनेर आफूहरुले बेलाबेलामा ध्यानाकर्षण गरेको पनि विश्वास दिलाए । निर्वाचन राष्ट्र र जनताको आवश्यकता भएको भन्दै यसलाई सफल रुपमा सम्पन्न गर्नु सम्पूर्ण नेपालीहरुको कर्तब्यभएको उनको भनाई थियो । उनले थपे, ‘निर्वाचन सफल बनाउनको लागि म सबैमा आह्वान गर्दछु, यो निर्वाचन सफल बनाउनको लागि हामी सबै आयोग, सरकार, दलहरु, मिडियाहरु लाग्नुपर्छ ।’

निर्वाचन आचारसंहिता पालना गर्ने कुरा नैतिकताको कुरा भएकोले सबैले पालना गरिरहेको आफूहरुले पाएको उनले जनाए । ‘कुनै ठाउँमा जानी नजानी भएको भए हामी कारबाही गर्छौं, गरेकापनि छौं, हामी त जनताका सिपाहीँहौं, मिडियाले पनि हेर्नुपर्यो, हामीलाई जानकारी गराउनुहोस्, आचारसंहिता उल्लंघन गर्नेलाई कुनैपनि किसिमको छुट हुँदैन् ।’