बझाङ, ३ असोज । बझाङ जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ । कांग्रेसले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ ।
जसमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंह एवम् प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट पूर्वसभासद चन्द्रा जोशी र क्षेत्र नम्बर २ बाट नेता नरेश सिंहको नाम टुङगो लगाएको कांग्रेस जिल्ला समिति बझाङले जनाएको छ ।
एमाले माओवादी गठबन्धनको टुङ्गो लागेको छ । प्रतिनिधि सभाका लागि एमालेका नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशीको रहेको छ ।
प्रदेश सभाको लागि भने क्षेत्र नम्बर १ बाट नेता तथा पूर्व जिविस उपसभापति तथा एमाले बझाङ जिल्ला अध्यक्ष दिलबहादुर सिंहको नाम टुङ्गो लागेको छ ।
यसैगरी क्षेत्र २ मा एमाले माओवादी गठबन्धनबाट देवकी मल्लको उम्मेदवारको टुङगो लागिसकेको नेकपा एमाले जिल्ला कमिटी बझाले जनाएको छ ।












प्रतिक्रिया