भैरहवा, ३ कात्तिक । थाइल्याण्डको राजकुमारी महाचाकरी सिरिनधोरन् शुक्रबार लुम्बिनी आउने भएकी छन् ।
उनले लुम्बिनीस्थित मायादेवी मन्दिरको पूजाअर्चना गर्नुका साथै थाइ सरकारद्वारा निर्मित थाइ राजकीय बुद्ध विहारको उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्बिनीका अभियन्ता पत्रकार चेतन पन्तले जानकारी दिए ।
थाइ एअरको विशेष विमानबाट शुक्रबार बिहान काठमाडौं आई त्यहाबाट बुद्धएअरको चार्टरमार्फत सिधैं लुम्बिनी आउन लागेकी राजकुमारीसंगै थाइ सरकारका विशिष्ट पाहुनाहरु पनि लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।
राजकुमारी सरिनधोरन् शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । लुम्बिनीमा रहँदा उनले होटल कसाईमा केही क्षण विश्राम र विशिष्ट व्यक्तिहरुलाई भेटघाट समेत गर्ने कार्यक्रम रहेको पत्रकार पन्तले जनाए ।













प्रतिक्रिया