२१ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रको बटमलाइन बैतडी

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ कात्तिक । एमालेसँग वाम गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ अन्तर्गत पर्ने बैतडी जिल्ला आफ्नो बटम लाइन भएको स्पष्ट पारेको छ ।

स्रोतका अनुसार वाम गठबन्धनमा टिकट बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेका बेला प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा माओवादी केन्द्रले दाबी गरेपछि विवाद सिर्जना भएको छ । यहाँ माओवादी केन्द्रबाट नरेन्द्र कुँवर ‘विजय सुन्दर’ सर्वसम्मत उम्मेदवार हुन् ।

तर, वाम गठबन्धनको साझेदार दल एमालेमा भने दुई जनाको दाबेदारी रहेको छ । बैतडीमा चुनाव लड्न एमालेभित्र दामोदर भण्डारी र परमानन्द भट्टले लबिङ गरिरहेका छन् ।

यस्तो बेला माओवादीमा मात्र नभई एमालेमा पार्टीभित्रको प्रतिस्पर्धाभन्दा माओवादीलाई नै दिनु ठिक हुने तर्क हुन थालेको छ । प्रतिनिधिसभा माओवादीलाई दिएर प्रदेशसभा एमालेले लिएर ब्यालेन्स गर्नुपर्ने माग अधिकांश एमाले नेता कार्यकर्ता रहेको बताइन्छ ।