काठमाडौं, २ कात्तिक । नेकपा मालेका बहुमत केन्द्रीय सदस्य आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विहीबार धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मालेका पोलिटब्यूरो सदस्य एवं पूर्वप्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा नेम्वाङसहित पोलिटब्यूरो सदस्यहरु निलमणि बराल, हिक्मत देउवा, वीरेन्द्र थपलिया, ईन्द्रकुमार झा, पूर्वसांसद गंगा चौधरी, पूण्य गौैतम लगायत बहुमत केन्द्रीय सदस्यहरु रहेका छन् ।
नवप्रवेशीलाई एमाले अध्यक्ष केपी ओलीले टिका र खादा लगाई स्वागत गरे । त्यसक्रममा उनले आसन्न निर्वाचनको तयारी लाग्न नवप्रवेशीलाई निर्देशन दिए ।












प्रतिक्रिया