काठमाडौं, २ कात्तिक । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै प्रधानन्यायाधीश पराजुलीले मुलुक यतिबेला चुनावमय भएको बताएका हुन् । उनले भने, ‘मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबैको सहभागिता होस्, निर्वाचन समयमै सम्पन्न हुन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।’
पराजुलीले पत्रकार ऋषिधमलाको प्रशंसा गर्दै भने, ‘ऋषिजीको बोली र गोली उस्तै हो, उहाँको शैली बडा गज्जबको छ, म पनि उहाँको प्रहारलाई रोक्न सक्दिन् ।’ उनले न्यायालय र आम सञ्चार एउटै सिक्काको दुई पाटा जस्तै भएको समेत तर्क गरे ।
उनले मानिस भएपछि अलि–अलि रमाईलो पनि गर्नुपर्ने र गम्भिर पनि बन्नुपर्छ भन्दै सफल हुनको लागि अलि–अलि भाग्य र अलि–अलि नियत पनि हुनुपर्ने बताए । पराजुलीले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ छबि र उच्च मर्यादित भएमात्रै देश समृद्ध र सभ्य हुने स्पष्ट पारे ।
उनले न्यायालय आफ्नो गतिमा चल्ने बताउँदै थपे ‘न्यायलयले संविधान र कानुनको संरक्षण गर्छ, जहाँजहाँन्याय पद्धती बलियो, त्यही त्यही विकास भएको छ, सभ्यताबलियो भएको छ ।’











प्रतिक्रिया