११ मंसिर २०८३, शुक्रबार

कांग्रेसका कारण लोकतान्त्रिक गठबन्धनले काम गर्न सकेन : अध्यक्ष राणा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्तीले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार बिहान आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीका कारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावितभएको आरोप लगाएका हुन् ।

कुन दललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ ।

मुलुक बाम र लोकतान्त्रिक २ ध्रुवमा बाँडिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षित गर्ने राणाको तर्क छ । ध्रुवीकरणले जनताको हकअधिकार स्थापित हुने समेत राणाको भनाई छ ।

सम्पूर्ण प्रजातान्त्रिकआस्था राख्ने जनताहरुले लोकतान्त्रिक शक्तिलाई उच्च साथ दिन आग्रह राणाले आग्रह गरेका छन् । बहुदली यव्यवस्था आएको तीन वर्ष भएपनि राजनीतिक निकास हुन नसकेको राणाले बताए ।