११ मंसिर २०८३, शुक्रबार

विप्लवका केन्द्रीय सदस्यले पार्टीमा गरे बगावत, नेतृत्वको आलोचना गरेपछि निष्काशित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झकबहादु मल्ल ‘सुदीप’ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीको निष्कासनमा परेका छन् ।

फेसबुकमा स्टाटस राखेर पार्टी परित्याग गरेकोबारे विज्ञप्ति मार्फत् आधिकारिक धारणा सार्वजनिक गर्दै नेकपाले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।

‘केन्द्रीय सदस्य रहेका सुदिपमा लामो समयदेखि राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक अराजकतासाथै अनुशासन हीनता देखा पर्दै आएका थिए । पछिल्लो चरणमा ब्यक्तिगत आर्थिक आर्जनकालागि पार्टीको शक्तिदुरुपयोग गर्दै मानिसलाई अपहरण गरी नियन्त्रणमा लिने र रकम असुली गर्ने जस्ता गम्भीर अपराधमा संलग्न देखिए पछि उनलाई गत केन्द्रीय समितिको वैठकबाट एक तहको कार्यवाही गरिसकिएको थियो । यो कुरा सर्वविदितै छ । यसै बीचमा सुदीपले राजीनामा पेस गरेका थिए । या त गल्तीहरूलाई आत्मसाथ गरी रुपान्तरण हुनुपर्ने या त राजीनामा स्वीकृति गरी पार्टीबाट निष्काशन गरिने विषयमा हेडक्वाटरसँगै छलफल चलिरहेकै थियो’, प्रवक्ता खड्क विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा आफ्ना गम्भीर प्रकृतिका अपराध सच्याउँनुको साटो कार्यवाहीमा परिसकेपछि पार्टी परित्याग गर्नु एउटा नाटक मात्र हो। अतः निज झकबहादुरलाई पार्टीकोसम्पूर्ण जिम्मेवारी र साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएकोछ ।’