११ मंसिर २०८३, शुक्रबार

दुबै निर्वाचन अब एकै चरणमा हुने, उपप्रधानमन्त्रीले गरे भित्री खुलासा

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । उपप्रधान एवम शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ गते एकै पटकट गर्ने तयारी भइरहेको बताएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो एक चरणमा निर्वाचन हुने खुलासा गरेका हुन् ।

उनले भने, ‘मंसिर १० गते हुने भनिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन केही प्राविधिक कारणले मंसिर २१ गतेलाई सार्ने गृहकार्य भैरहेको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले दुवै निर्वाचन एकै चरणमा हुने दाबी गरे । ‘निर्वाचनप्रति आशंक गर्नु आवश्यक छैन । कात्तिक १० गतेको निर्वाचनलाई कात्तिक २१ गते सार्ने भनिएको मात्रै हो । अब चुनाव एकै चरणमा हुन्छ ।’

मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेश पनि मतपत्र बेग्लाबेग्लै हुनुपर्छ भन्ने आशय आफूहरूले पाएको भन्दै यसबारेमा महान्याधिवक्ता वसन्तराम भण्डारीसँग समेत प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिसकेको बताए ।