११ मंसिर २०८३, शुक्रबार

प्रदेश र प्रतिनिधिसभाको मतपत्र फरक–फरक गर्नुपर्ने माग सर्वोच्चद्वारा अस्वीकार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै निर्वाचन सर्ने सम्भावना टरेको छ ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाद्वारा दायर रिटमा बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र हुनुपर्ने भन्ने अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ । र, निर्वाचन आयोगले अलग अलग मतपत्र पनि बनाउनुपर्ने छैन् ।