५ कार्तिक २०८३, बिहिबार

तम्घासमा बजार अनुगमन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १ कात्तिक । चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा बजार अनुगमन गरेको छ ।

बजारमा हुने कालो बजारीसँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन प्रशासनले बजार अनुगमन गरेको हो । नेपालीहरुको महान पर्व दशैं जस्तो महान पर्वमा प्रशासनले बजार अनुगमन नगर्दा बजारमा चर्को आलोचना गरेका थिए ।

नियमित बजार अनुगमन भएपनि दशैंमा भने बजार अनुगमन नै भएको थिएनन् । ग्राहकहरुबाट चर्को आलोचना आएसँगै प्रशासनले तिहार पर्वमा बढि खपत हुने खाध्यन्नहरुमा अनुगमन गरेको छ ।

चढवर्पमा बढि किनमेल हुने हुँदा ग्राहकहरु नठगिउन र अखाध्यन बस्तु बिक्री बितरण नहोस भन्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले जानकारी दिए ।