५ कार्तिक २०८३, बिहिबार

एनआइसीको सजिलो र सस्तो ‘होम लोन’ अफर

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ३१ असोज । एनआइसीको सजिलो र सस्तो ‘होम लोन’ अफर दशैं तिहारको अवसरमा सुरु भएको घर कर्जा विशेष योजनाको बारेमा एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक तथा पत्रकारहरुलाई जानकारी दिएको छ । बैंकको नेपालगन्ज क्षेत्रीय कार्यालयले मंगलबार यहाँ आफ्ना ग्राहक तथा पत्रकारहरुलाई त्यसबारेमा जानकारी दिँदै छलफल गरेको हो ।

बैंकका क्षेत्रीय प्रवन्धक तेजराज तिमेल्सिनाका अनुसार वाणिज्य बैंकहरुकै इतिहासमा यो सबैभन्दा सस्तो र सुलभ लगानी अफर हो । ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ भन्ने आयोजना अन्र्तगत घरकर्जा, जग्गा खरिद, कर्जा, व्यक्तिगत ऋणलायत थुप्रै योजनाहरु समावेश गरिएको छ ।

यस योजनाअन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिनभित्रै घरकर्जा सम्बन्धी निर्णय भइसक्ने व्यवस्था बैंकले गरेको छ । यो योजना अन्तर्गत घर कर्जा लिंदा ब्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्याङ्कन, बीमा वा कर्जा सूूचना लगायतका कुनै पनि दस्तुररशुल्क नलाग्ने बैंकले जनाएको छ ।

त्यस्तै अन्य बैंकको ऋण सार्नसमेत बैंकले सहयोग गर्नेछ । त्यसका लागि पनि प्रक्रियाहरु निशुल्क हुनेछन् । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नहुने बैंकको ग्यारेन्टी छ । कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइटमार्फत कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यो योजनामा किस्ता वा ब्याज मात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्मलोन र ओभरडाफ्ट कर्जा समेत प्रदान गरिने बताइएको छ ।

देशकै अग्रणी वाणिज्य बैंकमध्येको एक यो बैंकसँग देशभर एक सय ३३ शाखाहरु सञ्चालनमा छन् भने मध्यसूदूरमा १५ वटा शाखा छन् । चाँडै नै मध्य सुदूरमा अरु पनि शाखाहरु स्थापन गरिने क्षेत्रीय प्रवन्धक तिमेल्सेनाले बताए ।