बाँके, ३१ असोज । बाँकेमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनी बस्ने ४० वर्षीय श्यामता लोहनिया, डुडुवा गाउँपालिका–३ सुलालपुरुवा बस्ने २६ वर्षीय बाबुलाल पासी र झुन्डापुरुवा बस्ने २७ वर्षीय शेर अली बागबान सहित ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित अबैध रुपमा हातहतियारको कारोबार हुंदैछ भन्ने सूचनाको आधारमा खानतलासी गर्दा उक्त हतियार फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया