
काठमाडौं, ३१ असोज । उदयपुरमा विरामी महिलामाथि सामूहिक बलात्कार भएको छ ।
बिरामी भई घरमा सुतिरहेको अवस्थामा रौतामाई गाँउपालिका–४ पोखरी भन्याङ बस्ने ४२ वर्षीया महिलालाई सोही ठाउँ बस्ने ५० वर्षीय डम्बरबहादुर मिर्चिङ मगर र खोटाङ दिक्तेल खाम्तेल–५ घर भएका ५४ वर्षीय रणबहादुर राईले आइतबार बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उनीहरु दुबै नालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली भुकभुके बस्ने १४ वर्षीया सुस्त मनस्थितीकी बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीया भिमबहादुर घर्ती क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।












प्रतिक्रिया