११ मंसिर २०८३, शुक्रबार

सरकार छाड्नेबारे कृष्ण महराले परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर के भने ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ३१ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण महराले नेकपा माओवादी केन्द्रका मन्त्रीले आजै सरकार छाड्ने स्पष्ट पारेका छन् ।

परराष्ट्र मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री महराले सरकारबाट बाहिरन पार्टीले निर्णय गरिसकेको जानकारी गराउँदै आफूहरु आजै फिर्ता हुने बताए ।

उनले सरकार फिर्ताबारे पार्टीले गरेको निर्णय अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने समेत बताए ।