काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वको सरकार छाडेपछि राप्रपा अध्यक्ष कमल थापा आजदेखि देशको नयाँ गृहमन्त्री बनेका छन् ।
उनले आजै गृह मन्त्रालयमा पदभार ग्रहण गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार शनिवार उपप्रधामन्त्रीको शपथ लिएका थापालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्रीको जिम्मेवारीसहित पदभार गराउन लागेका हुन् ।
राप्रपाका नवनियुक्त तीन मन्त्रीलाई माओवादी केन्द्रका मन्त्रीले छोडेको मन्त्रालय दिने तयारी गरिएको छ ।
माओवादीले गृह, परराष्ट्र, सामान्य प्रशासन, महिला तथा बालबालिका, आपूर्ति, स्वास्थ्य, सहरी विकास, उर्जा मन्त्रालय लिएको थियो ।















प्रतिक्रिया