
काठमाडौँ, ३१ असोज । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबपछि माओवादीले मन्त्रीहरु फिर्ता गरेको हो । देउवा सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको माओवादीले एमालेसँग गठबन्धन गर्ने भएपछि सरकारबाट फिर्ता हुनका लागि काँग्रेसले दबाब दिएको थियो । देउवाले सरकारबाट फिर्ता नभए बिना विभागीय मन्त्री बनाउने चेतावनी दिँदै आएका थिए ।
माओवादीबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
माओवादीबाटै गृहमन्त्री बनेका जनार्दन शर्माले पनि दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेका छन् ।











प्रतिक्रिया