काठमाडौं, ३१ असोज । माओवादी केन्द्रका नेता तथा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले प्रमुख विपक्षी दल एमालेसँग वाम गठबन्धन गर्दैमा सरकार छाड्नुपर्ने बाध्यता नरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बस्नेतले माओवादीका मन्त्रीहरूले कुनै पनि हालतमा पद त्याग नगर्ने बताए ।
‘एमालेसँग वाम गठबन्धन गरेर कुनै पनि अपराध गरेका छैनौँ’, उनले भने, ‘सरकारमा बसेर सबै सुविधान लिन्छौँ । कांग्रेसले जे मन लाग्छ त्यही गरोस् । हामी सामना गर्न तयार छौँ ।’
सरकारमा बस्ने प्रमुख विपक्षी दलसँग गठबन्धन गरेर सरकारलाई नै अफ्ठ्यारो बनाउन पाइन्छ ? भन्ने प्रश्नको जवाफमा मन्त्री बस्नेतले भने, ‘हामीले कुनै पनि हालतमा सरकार छाड्दैनौँ । एमालेसँग तालमेल गरे के विग्रिएको छ र ? सरकारलाई कुनै पनि समस्या भएको छैन ।’
आफूहरूलाई मन्त्री पदबाट हटाएमा प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर चुनौतीको सामना गर्नुपर्ने चेतावनी मन्त्री बस्नेतले दिए ।











प्रतिक्रिया