११ मंसिर २०८३, शुक्रबार

भारतको दिल्लीबाट नेपाली युवतीको उद्धार

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सीताराम चौधरी

कृष्णनगर, ३१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था शान्ति पुनस्र्थापना गृह कृष्णनगरले भारतको दिल्लीबाट कपिलवस्तुकी एक युवतीको उद्धार गरी नेपाल फर्काएको छ ।

भारतको दिल्लीस्थित देशभक्त आवाजको समन्वयमा पीआरसीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका घर भएकी ३५ वर्षे युवतीलाई नेपाल फर्काउन सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

झण्डै एक महिनादेखि परिवारसँग सम्पर्कविहीन रहेकी युवती विचौलियाको प्रलोभनमा परी भारतको दिल्ली पुगेकी हुन् ।

रोजगारीका लागि काठमाडौं बस्दै आएकी युवती मोटो रकम कमाउने चक्करमा भागेर दिल्ली पुगेको पीआरसी संयोजक भट्टराईले बताउनुभयो ।

भारतबाट नेपाल फर्काएकी युवतीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाएको भट्टराईको भनाई छ ।

उद्धार गरिएकी युवतीलाई इलाका प्रहरी कार्यालयले परिवारको जिम्मा लगाई घर फिर्ता पठाएको प्रहरी निरीक्षक सुवास गैरेले जनाउनुभयो ।

युवतीको पति जागिरको सिलसिलामा भारत बस्दै आएका छन् भने घरमा एक छोरी रहेको बताइएको छ ।