१ कार्तिक २०८३, आइतबार

डीसीमा देउसी भैलो खेल्न सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाको डीसी महानगर क्षेत्रमा नेपाली समुदायले देउसी भैलो सुरु गरेका छन् ।

विभिन्न संघ तथा संस्थाहरुले घर दैलो अभियान गर्दै देउसी भैलो प्रारम्भ गरेका हुन् । अमेरिकामा शनिबार र आईतबार अधिकांशको बिदा पर्ने हुनाले पनि अग्रिम रुपमा देउसी भैलो खेल्न सुर गरेका हुन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ ।

यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।

अमेरिका नेपाल सहयोगी समाजको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन पनि रहेको छ भने उक्त बिद्यालयमा नेपाली पढाईनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।