२१ कार्तिक २०८३, शनिबार

म्यादीमा महिला बढी आवेदक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, ३१ असोज । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा दुई हजारभन्दा बढीले आवेदन दिएका छन् ।

आवेदन भर्ने अन्तिम दिन सोमबारसम्म दुई हजार ८१ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

आवेदक अधिकांश महिला भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेको नुवाकोटमा म्यादी प्रहरी ९०० आवश्यक छ ।

आवेदकको अन्तिम छनोट कात्तिक १० गते गरी कात्तिक १२ गतेदेखि तालीम सञ्चालन गरिने बताइएको छ । – रासस