
काठमाडौँ, ३१ असोज । एनआरएनको अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी अत्याधिक मतले विजयी भएका छन् ।
काठमाडौँमा आज राति सम्पन्न विश्व सम्मेलनमा टेक्ससका सफल व्यवसायी जोशी क्षेत्रीय संयोजकमा विजयी भएका हुन् । जोशीले १ सय १८ मत प्राप्त गरे भने उनका निकटतम प्रत्यासी एसी शेर्पाले ७९ मत र श्रीप्रसाद पराजुलीले २८ मत प्राप्त गरे ।
अमेरिका क्षेत्रीय उपसंयोजकमा चार जना उम्मेदवारमध्ये नवीन शेरचन विजयी भएका छन् । शेरचनले ७५ मत ल्याए भने उनका प्रतिस्पर्धीहरु क्यानडाका सुमन लम्सालले ७१, दिलप्रसाद बुढाथोकीले ४८ र अमेरिकाकै दिलबहादुर श्रेष्ठले ३१ मत ल्याए ।

क्षेत्रीय महिला उपसंयोजकमा क्यालिफोर्नियाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।
यसैगरी, अमेरिकाज् क्षेत्रीय युवा संयोजकमा डा बर्षा मोक्तान निर्विरोध निर्वाचित भएकी छिन् ।















प्रतिक्रिया