काठमाडौं, ३० असोज । नेकपा एमालेका सचिव भीम आचार्यले वाम एकताबाट काँग्रेसलाई नडराउन आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै आचार्यले वाम एकताले राजनीतिक स्थायित्व गर्ने दावी गरे । सचिव आचार्यले लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा मुलुकको विकास गर्नेमा एमाले अघि बढेको पनि बताए ।
वहुदलिय जनवादमा पुग्ने नेपालका कम्युनिष्टहरुको एउटै बाटो भएको भन्दै एमाले र माओवादीबीच एकताको वहस सुरु भएको जानकारी दिए।
उनले भने, ‘नेपालका सबै कम्युनिष्टहरुको बाटो, लक्ष्य एउटै हो, बहुदलिय जनवादको लक्ष्यमा पुग्नको लागि नेपालका सबै कम्यूनिष्टहरु एक जुट हुनुपर्छ, ५ वर्षभित्र एमालेको नेतृत्वमा मुलुक विकासको पथमा हिड्छ, त्यो समयमा एमाले पार्टी जनताको पक्षमा काम गर्यो भने, फेरी जनताले पत्याउछन्, नत्र भने जनताले बहिष्कार गर्छन ।’
नेपालमा कम्युष्टि शासन सम्भव नभएको भन्दै लोकतान्त्रिक प्राणालीबाट मुलुकलाई समृद्धि बनाउनेमा एमाले प्रतिबद्ध रहेको बताए ।












प्रतिक्रिया