५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा ‘कामका लागि नगद’ वितरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।

असोज ५ देखि १० गतेसम्म संचालित उक्त कार्यक्रम Welt Hunger Hilfe/Lutheran World Federation को सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो ।

विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले जानकारी दिए ।

यस्ता प्रकारका कार्यक्रमबाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।