बाजुरा, ३० असोज । नागरिक अधिकारको ग्यारेन्टी हुनु पर्ने माग सहीत नागरिक समाजमा सम्वद्ध निकायले सामुहीक रुपमा जिल्ला प्रशारण कार्यालयलाई ध्यानकर्षण पत्र बुझाएका छन् । समग्र विकास निर्माण, खानेपानी, सरसफाइ, विजुली र सडक बाटो लगायतका विषयलाई समेटेर नौ बुदेँ माग सहीतको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधीको बेवास्ता र लापरवाहीले मानव अधिकारसँग सम्बन्धीत आधारभुत नागरिक अधिकार र आवश्यकता समेत पूर्ति हुन नसकेको प्रति ध्यानकर्षण गराएको नागरिक समाजका अध्यक्ष अग्नीराज शाहीले बताए ।
नागरीक समाज संजाल, मानव अधिकार एलाईन्स, नेपाल पत्रकार महासंघ र गैसस महासंघ बाजुरा शाखाले संयुुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्रमा मार्तडीमा खानेपानीको प्रयाप्त श्रोत हुँदाहँदै पनि उपभोक्ताले नियमित उपभोग गर्न नपाएको, पाइप अस्त व्यस्त र चुहिएर पानी दुषित बनिरहेको र नियमित नभएकोले सुधार गर्न माग गरेका छन् । मार्तडीको साना जलविद्युत आयोजना हिउँदमा मर्मत सम्भार वास्ता नगर्ने, बर्षादमा बगाएपछि सेना प्रहरी, उपभोक्तासँग हार गुहार गरी काम चलाउ गर्ने प्रवृति नै भएकोले विद्युत सेवा सहज उपलब्ध गराउनु पर्ने, सरसफाईको अवस्था दयनिय भएकोले सुधार गर्न र पूर्ण सरसफाइका गतिविधि सञ्चालन गर्न माग गरेका छन् ।
असोज भित्र सञ्चालनमा ल्याउनु पर्ने मार्तडी कोल्टी सडक तिहार आईसक्दा पनि सूचान गर्न बेवास्ता गरिएको र अन्य ग्रामिण सडक सूचारुका लागि कुनै पहल नगरेकोले तु काम सञ्चालन गर्न माग गरेका छन् । साँफे मार्तडी सडकको गुइँगाड पुल निर्माण कार्य बर्षौबितेपनि ठेकेदारलाई कुनै कारवाही र निर्माणका लागि पहल नगरिएको, नेपाल सरकारले देशका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेकोमा सबै सूचाङ्कमा पछाडि रहेको बाजुराका २ वटा स्थानीय तहलाई मात्र समावेश गरिएकोले सिंगो जिल्लाई नै पिछडिएको क्षेत्रमा समेट्न माग गरेका छन् ।
यस्तै मार्तडी बजारमा भईरहेको चोरीका घटनालाई तत्काल नियन्त्रण गरिनु पर्ने र शान्ति सुरक्षाको प्रत्याभूति गरिनु पर्ने, मानाकोट लगायत जिल्लाभरी बाट पढाईदिने नाममा ५१ जना बालबालिकाहरुलाई जिल्ला बाट लिएको र उनलाई दुर व्यवहारको काममा लगाउने गरेको जानकारीमा आएकोले काठमाण्डौ, धनगढी र बुटवल लगायतका सहरहरुमा अस्तव्यस्त रुपमा प्रयोग गर्ने गरिएको सुचना प्राप्त भएकोले अनुसनधान गरी सम्बन्धीत पक्षलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । यस्तै कोल्टी विमान स्थलबाट विक्रि हुने हवाई टिकेटमा मनोमानी तरीकाले भाडा लिने गरेको हुनाले भाडा दरमा एकरुपता कायम गर्न पनि ध्यानाकर्षण गराएका छन् ।
जवाफमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रले अधिकांश विषय स्थानीय तहको अधिकारमा पर्ने भएको सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन आग्रह गरेका छन् । समाधानका लागि प्रयास जारी रहेकोले सबै पक्षले सहयोग गर्नु पर्ने प्रजिअ क्षेत्रीले आग्रह गरेका छन् । ध्यानाकर्षण पत्रमा नागरिक समाजका तर्फबाट अग्नीराज शाही, मानव अधिकार एलाइन्सका तर्फबाट तुलाराम जैशी, गैससका तर्फबाट काशी विक र पत्रकार महासंघका तर्फबाट प्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।
ध्यानाकर्षण पत्र बडिमालिका नगरपालिका, त्रिवेणी जलविद्युत केन्द्र, लगायत निकायमा पनि बुझाउने तयारी भईरहेको मानव अधिकार एलाइन्सका उपाध्यक्ष कृष्ण अधिकारीले बताए ।













प्रतिक्रिया