काठमाडौं, ३० असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज भएको एकता घोषणा समारोहमा गज्जबको दृश्य देखियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र विजय गच्छदार जब पार्टीको एकताका लागि सहमति पत्र सार्वजनिकको तयारीमा थिए त्यतिबेला फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवं कथित ‘गुण्डा नाइके’ गणेश लामा भने फोटो सेशनमा व्यस्त थिए ।
कांग्रेस र फोरमका नेता कार्यकताहरुसँग फोटो सेशन गरिसकेपछि एकता घोषणा समारोहमा देखिए लामा । एकता सभामा उनी आएका प्रधानमन्त्री देउवाको आसनभन्दा ठिक पछाडि बसेका थिए । जेलमा हुनुपर्ने मान्छे प्रधानमन्त्रीको सरकारी अफिसमा फोटो सेशन र प्रधानमन्त्रीका पछाडी बडिगार्डजस्तो गरी निर्धक्क साथ बसेको देखेपछि त्यहाँ पुगेका सञ्चारकर्मी भने चकित परे ।
यतिमात्रै होइन् अपराधिक गतिविधिबाट पैसा कमाएको अभियोगमा आफूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा चलिरहेका बेला फोरम कांग्रेसमा विलय भएलगत्तै लामा बालुवाटारबाट सिधै काभ्रेको पनौती पुगेर अब कांग्रेसबाट चुनाव लड्ने घोषण पनि गरेका छन् ।
प्रतिनिधि सभाका लागि काभ्रे क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसको उम्मेदवार हुने घोषणा गर्दै कांग्रेसबाट सर्वसम्मत सिफारिस तीर्थ लामालाई विस्थापित गरेरै केन्द्रबाट टिकट ल्याउने घोषणा समेत गरेको काभ्रेबाट पत्रकार रामसुन्दर आचार्यले जानकारी दिए ।
यसअघि फोरमका केन्द्रीय सदस्य रहेका ‘गुण्डा नाइके’ लामाले दोस्रो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए । तर, पराजित भए ।
















प्रतिक्रिया