५ कार्तिक २०८३, बिहिबार

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष गुरुङमाथि आक्रमण, ३ जना पक्राउ

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । सडक विस्तारमा आफै खटिएर अनुगमन गरिरहेका ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समीर गुरुङमाथि शनिबार राति आक्रमण भएको छ ।

ठमेलमा साँघुरो सडक चौडा तथा चौडा पारिएका सडक कालेपत्रो भइरहेको बेला ठेकेदारले राम्रो काम नगरेको भन्दै आफै बसेर अनुगमन गरिरहेका बेला अध्यक्ष गुरुङमाथि बाटोमा बसेर आफ्नो व्यापार र धन्दा चलाउने यौनकर्मी तथा तेस्रो लिंगीले आक्रमण गरेका हुन् ।

गुरुङमाथि उनीहरुले इटाले आक्रमण गरेको र टाउको तथा अनुहारमा चोट लागेको ठमेलका युवा व्यवसायी वकिल बमले जानकारी दिए । ‘मनमोहन अस्पतालमा उपचार पछि उहाँ डिस्चार्ज हुनुभएको छ,’ बमले भने– ‘घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएका छौं ।’

गुरुङमाथि आक्रमण भएपछि राति नै व्यवसायी र प्रहरी घटनास्थल पुगी उद्दार गरेका थिए ।