११ मंसिर २०८३, शुक्रबार

शान्ता चौधरी एमालेकी समानुपातिक उम्मेदवार, कहाँबाट प्रतिस्पर्धा गर्दैछिन् ?

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । पूर्व सांसद शान्ता चौधरी नेकपा एमालेको समानुपातिक उम्मेदवार बनेकी छन् ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनी दाङ क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन् । एमाले केन्द्रीय कमिटीले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उनको नाम रहेको एमाले निकट स्रोतले बतायो ।

पूर्व कम्लहरी शान्तालाई यसअघि एमालेले २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक सांसद बनाएको थियो ।

शान्तासँगै दाङबाट एमाले नेतृ एवं भुमी अधिकारकर्मी निर्मला विक पनि समानुपातिक सूचीमा परेकी छन् ।